तराईमा गर्मी बढ्दै, तीन दिनसम्म तातो हावाको लहर चल्ने

 जेठ १६, २०८१ बुधबार ९:२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तराईका जिल्लामा गर्मी बढ्दै गएको छ । अबकाे तीन दिनसम्म गर्मी उच्च हुने अनुमान छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्ने अनुमान छ । ती क्षेत्रका बासिन्दालाई गर्मीबाट बच्ने उपायहरु अपनाउन मौसमविद्को सल्लाह छ ।

मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन निकालेर अबका तीन दिनसम्म तातो हावा तथा तातो हावाको लहर सम्भावना रहेको जनाएको छ । आज कोशी प्रदेशसहित पहाडी क्षेत्रका एक, दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । अरु बाँकी क्षेत्रमा आजको मौसम सफा नै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी प्रदेशसहित बाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रको एक–दुई ठाउँहरूमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

नेपालमा स्थानीय वायु, पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेपनि ‘रेमल’ चक्रवातको प्रभाव कम हुँदै गएको र पानी पर्ने क्रम कम हुँदै गएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

पानी पर्नेक्रम घटेसँगै काठमाण्डौ उपत्यका र पहाडी क्षेत्रमा पनि तापक्रम बढ्दो क्रममा छ । काम नपरी घरबाट ननिस्कन, शीतलमा बस्न, बेला बेला पानी र सर्वत तथा फलफूलको जुस पिउन मौसमविद्को सुझाव छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया