सीजीले १९ वर्षमुनिकाे महिला क्रिकेट टोलीलाई पनि प्रायोजन गर्ने

 जेठ २८, २०८१ सोमबार १५:२४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सीजी फुड्स नेपाल लिमिटेडले १९ वर्षमुनिकाे महिला क्रिकेट टोली तथा समग्र नेपाली क्रिकेटकाे विकासका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) लाई ६० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

सीजीले आज ललितपुरमा पत्रकार सम्मेलन गरी सहयोगबारेमा जानकारी गराएको हो । नेपालले सन् २०२७ को आईसीसी १९ वर्षमुनिकाे विश्वकप क्रिकेट बङ्गलादेशसँग मिलेर आयोजना गर्दैछ । त्यही विश्वकपलाई ध्यान दिएर सहयोग गर्न लागेको सीजीले जनाएको छ ।

१९ वर्षमुनिको पुरुष क्रिकेट टोलीलाई प्रायोजन गर्दै आएको सीजीले १९ वर्षमुनिको महिला क्रिकेट टोलीको प्रायोजनबापत ३० लाख र अन्य क्रिकेट गतिविधि सञ्चालनका लागि ३० लाख रुपैयाँ क्यानलाई सहयोग गर्नेछ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया