नेपालमा विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै धेरै, १९ खर्ब ४२ अर्ब रुपैयाँ पुग्याे

 जेठ २८, २०८१ सोमबार १८:७:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै धेरै भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको चालू आर्थिक वर्षकाे १० महिनाको वित्तीय विवरणअनुसार अहिले नेपालमा १९ खर्ब ४२ अर्ब रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ । डलरमा रुपान्तरण गर्दा नेपालमा १४ अर्ब ५४ करोड डलर रहेको छ ।

गएको वर्ष वैशाख मसान्तमा विदेशी मुद्रा सञ्चिति जम्मा ११ अर्ब ७१ करोड डलर थियो । १० महिनाकाे आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १५ महिनाको वस्तु आयात र १२ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया