वैशाखमा मूल्यवृद्धि ४ दशमलव ४० प्रतिशत

 जेठ २८, २०८१ सोमबार १८:३१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमण्डौ – राष्ट्र बैंकले मूल्यवृद्धि घटेको देखाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको १० महिनाको वित्तीय विवरणअनुसार गएको वैशाख महिनामा मूल्यवृद्धि जम्मा ४ दशमलव ४० प्रतिशत मात्रै रहेको उल्लेख छ । अघिल्लो वर्षको वैशाखमा मूल्यवृद्धि ७ दशमलव ४१ प्रतिशत थियो ।

वैशाख महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ६ दशमलव २७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि जम्मा २ दशमलव ९६ प्रतिशत रहेको छ । तर तरकारी उप–समूहको वार्षिक विन्दुगत मूल्य सूचकाङ्क २३ दशमलव ११ प्रतिशत, दाल तथा गेडागुडीको १० दशमलव ८५ प्रतिशत, मरमसलाको ८ दशमलव ९८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७ दशमलव ४२ प्रतिशत र चिनी तथा चिनीजन्य वस्तुको ७ दशमलव २५ प्रतिशतले बढेको छ ।

घिउ तथा तेल उप–समूहको मूल्य भने ७ दशमलव १३ प्रतिशतले घटेको राष्ट्र बैंकले जनाएको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया