गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासकाे मत, माओवादीकाे चिह्नबाट चुनाव जितेका देवकोटाद्वारा 'फ्लाेर क्रस'

 जेठ २८, २०८१ सोमबार १८:५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) काे चिह्नबाट चुनाव जितेका फणिन्द्र देवकोटाले समेत मत दिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ ।

आजको प्रदेश सभामा भएको मत विभाजनमा देवकोटाले माओवादी संसदीय दलको 'ह्विप' विपरीत 'फ्लोर क्रस' गर्नुभएको छ । मत विभाजनमा मुख्यमन्त्री पाण्डेको पक्षमा ३१ सांसदको मत परेको सभामुख कृष्णप्रसाद धितालले जानकारी दिनुभयो ।

यसअघि अल्पमतमा परेर मुख्यमन्त्रीको पद गुमाएका पाण्डेलाई आज भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दुई जना र स्वतन्त्र सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङेले पनि मत दिनुभएको थियो । यस्तै नेकपा एमालेका २२ र माओवादीका ६ सहित २८ जना सांसदले पाण्डेको विपक्षमा मत हालेका छन् ।

आफ्नो पार्टीको 'ह्विप' नमानेको भन्दै माओवादीले सांसद फणिन्द्र देवकोटालाई कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया