नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई प्रधानमन्त्री प्रचण्डको आग्रह

 जेठ २८, २०८१ सोमबार १८:४:५९ | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न भारतीय व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ । भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री प्रचण्डसँग ‘फेडेरेशन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) का प्रतिनिधिहरूले भेटवार्ता गरेका थिए ।

भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालमा लगानीको सम्भावना रहेको भन्दै लगानी गर्न व्यवसायीहरूलाई आग्रह गर्नुभएको उहाँकाे सचिवालयले जनाएको छ । प्रचण्डले पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्र भारतीय लगानीकर्ताका लागि उपयुक्त रहेकाे बताउनुभयो ।

काठमाण्डाैमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । भारत सरकारसँग १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने उहाँकाे सुझाव छ ।

यसअघि आजै प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो भारत जानुभएका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीबीच हिजै भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्ड आजै स्वदेश फर्कँदै हुनुहुन्छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया