प्रधानमन्त्री ‘प्रचण्ड’ स्वदेश फिर्ता : समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो

 जेठ २९, २०८१ मंगलबार ८:३२:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो भारत भ्रमणले दुई छिमेकी देशबीचको सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप सबल बनाउन भूमिका खेलेको बताउनुभएको छ ।

भारतका नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथग्रहण समारोहमा सहभागी भएर हिजो बेलुका स्वदेश फर्कनुभएका प्रधानमन्त्री ‘प्रचण्ड’ ले त्रिभुवन विमानस्थलमा द्विपक्षीय संयन्त्रसमेतका माध्यमबाट आपसी हितका लागि सहयोग र सहकार्य बढाउने गरी प्रधानमन्त्री मोदीसँग छलफल भएको बताउनुभयो ।

भ्रमणका क्रममा भएका भेटवार्तामा दुई देशबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयन गर्ने, सबै संयन्त्रलाई परिचालन गर्ने, संयन्त्रमार्फत् नै सीमा समस्याको समाधान खोज्ने, पञ्चेश्वर र अरुण आयोजना एवम् कृषि क्षेत्रमा सहकार्यलगायतका विषयमा गम्भीर छलफल भएको उहाँको भनाई छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय समकक्षी मोदीको शपथग्रहण समारोहमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतवार नयाँदिल्ली जानुभएको थियो । शपथग्रहण समारोहपछि प्रधानमन्त्री ‘प्रचण्ड’ र समकक्षी मोदीबीच छोटो भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिनुभएको छ । त्यस्तै भारतका राष्ट्रपति द्रोपदी मुर्मूसँग ‘प्रचण्ड’ ले हिजो शिष्टाचार भेटवार्ता गर्नुभएको थियो ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया