गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गयो, दुई जना घाइते

 जेठ २९, २०८१ मंगलबार १२:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

गुल्मी – गुल्मीमा टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–७ नेटाबाट गुल्मीकाे सदरमुकाम तम्घासकाे देउराली आउँदै गरेको ना ८ ख ६६४४ नम्बरको टिपर गए राति दुर्घटना भएको हो ।

दुर्घटनामा टिपर चालक अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका–८ का २६ वर्षीय रामलाल पुरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिनुभएको छ ।

दुर्घटनामा घाइते भएका अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–२ का २९ वर्षीय नवीन घिमिरे र सन्धिखर्क–८ का ३३ वर्षीय रिसभ केसीलाई थप उपचारका लागि पाल्पा रिफर गरिएको प्रहरीले जनाएकाे छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया