चीनमा सार्वजनिक पार्कमा भएको चक्कु आक्रमणमा चार जना अमेरिकी शिक्षक घाइते

 जेठ २९, २०८१ मंगलबार १२:३५:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनको एक सार्वजनिक पार्कमा नचिनेका व्यक्तिले चक्कु प्रहार गर्दा अमेरिकी विश्वविद्यालयका चार जना शिक्षक घाइते भएका छन् । घाइते सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

उत्तरी चीनको जिलिन प्रान्तको एउटा पार्कमा भएको गम्भीर घटनामा आयोवा कलेजका शिक्षक गम्भीर घाइते भएका हुन् । स्थानीय मन्दिर जाने मानिसहरूको समूहमा पसेर एक व्यक्तिले चक्कु प्रहार गरेका बीबीसीको खबरमा उल्लेख छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ताले चक्कु प्रहार गरेकाे घटनाको रिपोर्ट प्राप्त भएको तर पूर्ण जानकारी उपलब्ध नभएको बताउनुभएको छ । उहाँले चिनियाँ प्रशासनले यो घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको बताउनुभएको छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया