विश्वकप फुटबल छनोट : नेपालले आज यमनसँग खेल्दै, किरण लिम्बुको १०० औँ खेल

 जेठ २९, २०८१ मंगलबार १२:५२:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – फिफा विश्वकप–२०२६ तथा एएफसी एसियन कप–२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनसँग खेल्दैछ ।

यो खेल नेपाली समयअनुसार राति पौने १२ बजे साउदी अरबको दम्माममा रहेको प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । यही रङ्गशालामा यसअघि भएको खेलमा नेपाल यूएईसँग ४–० गोलले पराजित भएको थियो ।

समूह 'एच' मा रहेको नेपालले पाँच खेल खेल्दा गोल गरेको छैन । समग्रमा १८ गोल बेहाेरेको छ । नेपाल यूएईसँग भएको दुई खेलमा समान ४–० र बहराइनसँग ५–० र ३–० ले तथा यमनसँग २–० ले पराजित भएको थियो । विश्वकप छनोटबाट यसअघि नै बाहिरिसकेको हुँदा नेपाल समूहको आफ्नो अन्तिम खेलमा आज सुखद नतिजा निकाल्ने लक्ष्यमा छ ।

आजको खेल कप्तान एवम् गोलकिपर किरणकुमार लिम्बुको १०० औँ अन्तर्राष्ट्रिय खेल हुनेछ । धनकुटाका ३४ वर्षीय किरण नेपाली राष्ट्रिय टोलीबाट सय अन्तर्राष्ट्रिय खेल खेल्ने पहिलो खेलाडी बन्नेछन् । उनले सन् २००८ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया