म्याग्दीमा यस वर्ष छ करोड रुपैयाँको कृषि कार्यक्रम सञ्चालन

 जेठ २९, २०८१ मंगलबार १३:६:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

म्याग्दी – गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा हिमाली जिल्ला म्याग्दीमा चालू आर्थिक वर्षमा झन्डै छ करोड रुपैयाँ लागतमा कृषिका कार्यक्रम सञ्चालन भइरहेका छन् । उत्पादन र उत्पादकत्व बढाउन, रैथाने बालीको संरक्षण–प्रवर्द्धन तथा बजारीकरण गरी आयात हुने कृषि उपजलाई विस्थापित गर्न कृषि कार्यक्रमले जोड दिएको छ ।

यस वर्ष म्याग्दीमा कुल पाँच करोड ९७ लाख ५२ हजार रुपैयाँको कृषिका कार्यक्रम सञ्चालन गरिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि कार्यक्रमअन्तर्गत सबैभन्दा धेरै तीन करोडको बजेट अनुदानमा खायन प्रजातिको आलु खेती कार्यक्रम सञ्चालन गरिएको छ ।

त्यस्तै रैथानै बालीहरू जौ, कोदो, लट्टे र फापरको प्रवर्द्धन गर्न चार वटा कृषि समूहमार्फत् १० लाख रुपैयाँको लागतमा कार्यक्रम सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । त्यसैगरी फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत ३० लाख रुपैयाँको लगानीमा २० हेक्टर क्षेत्रफलको जमिनमा २६ जना कृषक र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ ।

फलफूल बगैँचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फर्मसँग सम्झौता गरेर कार्यक्रम अगाडि बढाइएको छ । मसला तथा निर्यातयोग्य बालीतर्फ अदुवा र बेसार उत्पादन गर्न मंगला गाउँपालिकाको बरंजामा कार्यक्रम सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया