मध्य र पश्चिम तराईमा ३ दिन ताताे हावाकाे लहर चल्ने सम्भावना

 जेठ २९, २०८१ मंगलबार १३:४१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : माैसम पूर्वानुमान महाशाखा

काठमाण्डाै – मध्य र पश्चिम तराईका जिल्लामा आजदेखि तीन दिनसम्म तातो हावाको लहर चल्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज विशेष बुलेटिन निकालेर आउँदो पर्सि ३१ गते बिहीवारसम्म मध्य र पश्चिम तराईका जिल्लामा तातो हावा र तातो हलर चल्ने सक्ने चेतावनी दिएको हो । यी क्षेत्रमा अत्यधिक गर्मीकाे सम्भावना रहेकाे पनि महाशाखाले जनाएकाे छ । 

महाशाखाका अनुसार मध्य र पश्चिम तराईका केही ठाउँको तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि रहेको छ । पूर्वी क्षेत्रसहित बाग्मती, मधेश प्रदेशका जिल्लाको तापक्रम भने कम छ । अत्यधिक गर्मीका कारण तराई, मधेशसहित देशका विभिन्न जिल्लाको जनजीवन प्रभावित बनेको छ ।

तातो हावाको लहरबाट हुने सम्भावित असरमा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता हुनेलगायत समस्या देखिने डाक्टरहरूले बताएका छन् ।

तातो हावाको लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्रै वा चिसो ठाउँमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हल्का सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ ।

यसैबीच यस वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन अगाडि नै हिजो नेपाल भित्रिएको छ । नेपालमा सरदर जुन १३ मा मनसुन प्रवेश गर्ने भए पनि यसपालि तीन दिन छिटो आइपुगेको हो । पूर्वी भेगबाट प्रवेश गरेको मनसुन बिस्तारै अन्य भू–भागतिर अगाडि बढ्ने छ । विभागले यस वर्ष सरदरभन्दा ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म बढी पानी पर्ने अनुमान गरेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया