बाग्मतीका निलम्बित मेयर भरत थापाविरुद्ध फेरि अर्काे भ्रष्टाचारको मुद्दा

 जेठ २९, २०८१ मंगलबार १७:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्लाहीको बाग्मती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

बाग्मती नगरपालिकाको वडा नम्बर ४ र १२ मा रहेको अहिले भरत तालको नामले चिनिने बाग्मती माछा पोखरी निर्माण गर्दा उत्खनन भएको ढुङ्गा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थ बिक्री/वितरणमा अनियमितता भएको अख्तियारले जनाएको छ ।

यो प्रकरणमा निलम्बित मेयर थापासहित नगरपालिकाकी उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, योजना शाखा प्रमुख इन्जिनियर सागर पौडेल, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।

उनीहरूले ३० करोड २९ लाख ३४ हजार आठ सय ९७ रुपैयाँ ४० पैसा हिनामिना गरेको अख्तियारले जनाएको छ । अख्तियारले जिल्ला समन्वय समितिका तत्कालीन प्रमुखबाहेकलाई अनियमितता भएको रकम बराबर बिगो मागदाबी गरेको छ ।

निलम्बित मेयर थापाविरुद्ध भ्रष्टाचारको अर्काे मुद्दा दायर भएको हो । यसअघि गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियारले मुद्दा दायर गरेको थियो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया