विदेश पठाइदिने भन्दै ३ सय जनाबाट १५ करोड रुपैयाँ ठगी गर्ने ४ जना पक्राउ

 जेठ २९, २०८१ मंगलबार १८:८:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – विदेश पठाइदिने भन्दै तीन सय जनाभन्दा बढी व्यक्तिसँग झन्डै १५ करोड रुपैयाँ ठगी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले आज पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्कीको माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नवीन विक, कास्कीकै पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त र सोलुखुम्बुका ४६ वर्षीय नारायणकुमार खड्का रहेका कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जानकारी दिनुभयो ।

उनीहरूले अमेरिका, कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्सलगायतका देशहरूमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै विगत तीन/चार वर्षयता तीन सय जनाभन्दा बढी व्यक्तिसँग ५ देखि १० लाखका दरले १५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको एसएसपी भट्टराईले बताउनुभयो । उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा पठाइदिने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेका थिए ।

पीडित नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि अनुसन्धान अघि बढाउने क्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले नेपालमा काम दिने बहानामा केही एकाउन्टेन्ट राखेर उनीहरूलाई समेत ठगीमा प्रयोग गरेको खुलेको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया