मलावीका उपराष्ट्रपतिसहित ९ जनाकाे विमान दुर्घटनामा ज्यान गयाे

 जेठ २९, २०८१ मंगलबार १८:२४:५४ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपति सौलोस क्लोस चिलिमाको विमान दुर्घटनामा ज्यान गएको छ । दुर्घटनामा उपराष्ट्रपति चिलिमा, मलावीकी पूर्व प्रथम महिला शानिल डिजिम्बीरी लगायत नौ जनाको ज्यान गएको राष्ट्रपति लाजरस चकवेरालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गए राति राजधानी लिलोंग्वेबाट जुजु अन्तर्राष्ट्रिय विमानस्थलतर्फ जाँदै गर्दा हराएको विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको र विमानमा रहेको नौ जना सबैको ज्यान गएको राष्ट्रपति चकवेराले विज्ञप्ति निकालेर जानकारी गराउनुभएको हो ।

५१ वर्षीय उपराष्ट्रपति चिलिमा चार दिनअघि निधन भएका पूर्वमन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै हुनुहुन्थ्यो । उहाँ चढेको सेनाको विमान खराब मौसमका कारण दुर्घटनामा परेको प्रारम्भिक अनुमान रहेको र थप अनुसन्धान गर्ने राष्ट्रपति चकवेराले उल्लेख गर्नुभएको छ ।

उपराष्ट्रपति चिलिमासहितकाे टाेली चढेकाे विमान जङ्गलभित्र दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया