बेलायतकाे बेराेजगारी दर बढ्याे

 जेठ २९, २०८१ मंगलबार १८:२७:३३ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

बेलायतको बेरोजगारी दर बढेको छ । आज प्रकाशित आधिकारिक तथ्याङ्कअनुसार बेलायतको बेरोजगारी दर अप्रिलको अन्त्यसम्म तीन महिनामा बढेर ४ दशमलव ४ प्रतिशत पुगेको छ । यसअघि बेराेजगारी दर मार्चको अन्त्यसम्मका तीन महिनामा ४ दशमलव ३ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) ले जनाएको छ ।

चालू महिनाको तथ्याङ्कले श्रम बजार विचलित हुन सक्ने सङ्केतहरू देखिएको ओएनएसले जनाएको छ । रोजगारीमा तीव्र गिरावट र बेरोजगारी दर बढ्दै जाँदा, तलब वृद्धि पनि घट्न सक्ने एएफपीले जनाएको छ ।

बेलायतको केन्द्रीय बैंकले गएको महिना मुख्य ब्याजदर १६ वर्षको उच्च ५ दशमलव ५२ प्रतिशतमा पुर्‍याएपछि बेरोजगारी दरसँगै मूल्यवृद्धिसमेत बढ्न थालेको छ ।

अन्तिम अपडेट: साउन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया