दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल जेलमै रहने

 असार ७, २०८१ शुक्रबार १८:४६:११ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा जेल परेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा छाड्ने दिल्लीको राउज एभेन्यु अदालतको आदेशमा दिल्ली उच्च अदालतले रोक लगाएको छ ।

मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्ने अदालतको आदेशविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी) ले दायर गरेको रिटमा आफ्नो आदेश नआएसम्मका लागि उच्च अदालतले केजरीवालको धरौटीमा रोक लगाएको बीबीसीले जनाएको छ ।

अदालतले केजरीवालको धरौटी निवेदनमा आफ्नो फैसला सुरक्षित राखेको खबरमा उल्लेख छ । दिल्लीको राउज एभेन्यु अदालतले केजरीवाललाई आजै धरौटीमा छाड्न आदेश दिएको थियो ।

रक्सी बिक्रीसम्बन्धी नीतिमा घोटाला गरेको मुद्दामा ईडीले दिल्लीका मुख्यमन्त्री केजरीवाललाई गएको मार्चमा पक्राउ गरेको थियो । यसअघि सर्वाेच्च अदालतले लोकसभा चुनावका क्रममा केजरीवाललाई २१ दिनको अन्तरिम जमानत दिएको थियो । चुनाव सकिएलगतै उनी जुन २ तारिखमा फेरि जेलमा हाजिर भएका थिए । केजरीवाल तिहाड जेलमा हुनुहुन्छ ।

अन्तिम अपडेट: कात्तिक ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया