हिलो र लेदोले अरनिको राजमार्ग अवरुद्ध : पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन

 असार २६, २०८१ बुधबार १२:२०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – अरनिको राजमार्ग हिलो र लेदोका कारण अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडक खण्डमा पहिरो गएकाले राजमार्ग अवरुद्ध भएको हो ।

स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो माटोमा मालवाहक गाडी अड्किएपछि त्यसलाई निकाल्न नसकिएको र खावा नजिक सडकमा पहिरो खसिरहेकाले राजमार्ग बन्द रहेको प्रहरीले जनाएको छ ।

पाँचखाल ५० किलोमा पहिरोले सोमवारदेखि सडक अवरुद्ध भएकोमा पहिरो पन्छाएपछि हिजो दिउँसो २ बजेदेखि दुवैतर्फी नै गाडी चल्न थालेका थिए । आज बिहानदेखि हिलो र लेदोले सडक अवरुद्ध भएको हो ।

यसैबीच पहिराले अवरुद्ध पृथ्वी राजमार्ग एकतर्फी सञ्चालन भएको छ । तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीओढारमा बिहान पहिरो खस्दा अवरुद्ध राजमार्गमा अहिले एकतर्फी गाडी चल्न थालेका हुन् । लेदोसहितको पहिरोले याे राजमार्ग अवरुद्ध भएको थियो ।

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया