जनतामा उत्साह जगाउने गरी काम गर्नुहाेस् : मुख्यमन्त्री राई

 मंसिर ६, २०७५ बिहिबार १९:६:३४ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनतामा उत्साह जगाउने गरी काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएकाे छ ।

बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको मन्त्रालयगत प्रगति समीक्षा कार्यक्रममा मुख्यमन्त्री राईले यस्तो निर्देशन दिनुभएकाे हाे ।

‘जनतामा निराशा छाउँदै गएको, सरकारले परिणाम देखाउने गरी काम गर्न सकेन’ जस्ता कुराहरु बाहिर आउन थालेका छन्, जनताको आशालाई मर्न दिनु हुँदैन, मुख्यमन्त्री राईले भन्नुभयाे,  जनतामा उत्साह र विश्वास हामीले जगाउन सक्नुपर्छ ।’

प्रदेश सरकारको बजेट कार्यान्वयन गर्न आवश्यक पर्ने सबै संयन्त्र १५ दिनभित्र तयार गर्न समेत उहाँले निर्देशन दिनुभयाे ।  

प्रदेश १ सरकारको नीति कार्यक्रम तथा बजेट राम्रो रहेको भन्दै उहाँले यसको कार्यान्वयनमा विशेष ध्यान दिन सबैलाई निर्देशन दिनुभयाे । बजेट कार्यान्वयनमा अनेक बहानबाजी देखाएर कसैले पनि छुट नपाउने भन्दै मुख्यमन्त्री राईले ‘कर्मचारी भएनन्, समय पुगेन’ भनेर कसैले बहाना गर्न नमिल्ने बताउनुभयाे ।

‘काम गर्न के ले समस्या भएको छ, सचिवले विभागीय मन्त्रीलाई भन्नुपर्याे, मन्त्रीले मलाई भन्नुपर्याे, मन्त्रिपरिषदबाट भए पनि काम गर्ने वातावरण बन्छ,’उहाँले भन्नुभयाे ।

कसैले पनि हिनताबोधको भाव प्रकट नगरी दृढ इच्छाशक्ति, जोश र जाँगरका साथ काम गर्न मुख्यमन्त्री राईले निर्देशन दिनुभयाे ।  प्रगति समीक्षामा मन्त्रालयगत सबै सचिवहरुले कामको प्रगति विवरण प्रस्तुत गरेका थिए ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया