प्रथम प्रकाश स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइजलाई

 मंसिर ७, २०७५ शुक्रबार १८:३४:४४ | उषा तामाङ
unn.prixa.net

दैलेख – प्रथम प्रकाश स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि प्लानिङ ब्वाइज युनियन काठमाडौंले हात पारेको छ ।

सदरमुकाम चरिकोटमा आज भएको फाइनल खेलमा दोलखा जिल्ला फुटबल संघलाई २–१ गोल अन्तरले हराउँदै प्लानिङ ब्वाइज युनियनले उपाधि हात पारेको हो । 

खेलको विजेता बनेसँगै प्लानिङ ब्वाइज युनियनले नगद २ लाख ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । खेलको उपविजेता बनेको दोलखा जिल्ला फुटबल संघले नगद १ लाख २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

तृतीय हुने एपीएफ नेपाल क्लब र दिपशीखा युवा समूह नैकापले  नगद ३०/३० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएका छन् । 

प्रतियोगितामा ३ जना खेलाडीले उत्कृष्टको उपाधि पाएका छन् । दोलखा जिल्ला फुटबल संघका विवेक बुढाथोकीले बेष्ट डिफेन्डर, बेष्ट स्ट्राइकरको उपाधि हिमाल श्रेष्ठ र म्यान अफ दि टुर्नामेन्टको उपाधि सुजन श्रेष्ठले पाउनु भएको छ ।  

प्रतियोगितामा उत्कृष्ट किपरको उपाधि प्लानिङ ब्वाइज युनियनका विष्णु केसी, हाई स्कोररको उपाधि दिपशिखा युवा समूह नैकापका दावा शेर्पाले पाउनुभएको छ । उत्कृष्ट खेलाडीले नगद १०/१० हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र पाएका छन् । 

पुनर्संगठित नयाँ सामाजिक शैक्षिक अभियान (रिनेजम नेपाल) को आयोजना र दोलखा जिल्ला फुटबल संघको सह–आयोजनामा प्रतियोगिता भइरहेको छ । विजेता समूहलाई खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले ट्रफी प्रदान गर्नुभएको थियो ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया