काठमाडौं विश्वविद्यालयका विद्यार्थीलाई ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ प्रदान

 पुष १०, २०७५ मंगलबार १२:१९:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रिक्सा टेक्नोलोजिजले सोमबार काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका लागि ७० हजार रुपैयाँ बराबरको ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ प्रदान गरेको छ ।

काठमाडौं विश्वविधालयमा कम्प्युटर साइन्स र कम्प्युटर इन्जिनियरिङमा अध्ययनरत विद्यार्थीहरुलाई अझै सशक्त एवम् गुणस्तरीय प्रोजेक्टहरु निर्माण गर्न प्रेरित गदै यो अवार्ड प्रदान गरेको हो । 

काभ्रेको धुलिखेलमा रहेको काठमाडौं विश्वविद्यालयको हलमा कम्प्युटर साइन्स तथा कम्प्युटर इन्जिनियरिङ विभागका दोस्रो र तस्रोे वर्षका विद्यार्थीहरुले प्रत्येक वर्ष समूहगत रुपमा तयार पारेका छुट्टाछुट्टै एक–एक उत्कृष्ट प्रोजेक्टलाई ‘प्रिक्सा एक्सिलेन्स अवार्ड’ प्रदान गरिएको हो । यस अन्तर्गत दोस्रो वर्षको उत्कृष्टले २० हजार रुपैयाँ तेस्रो वर्षको उत्कृष्टले ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेका छन् ।  

विद्यार्थीहरुलाई यस  किसिमको अवार्डले थप हौसला र ऊर्जा मिल्ने काठमाडौं विश्वविद्यालयको कम्प्युटर साइन्स एवम् कम्प्युटर इन्जिनियरिङ विभागका प्रमुख डा. बाल कृष्ण बरालले बताउनुभयो । कार्यक्रममा प्रिक्साका प्रमुख कार्यकारी अधिकृत मनिषकुमार शर्माले आउँदा दिनहरुमा कार्यक्रम अझै शसक्त रुपमा अघि बढ्ने आशा व्यक्त गर्नुभयो । साथै प्रिक्साका कम्पनी ब्यापार प्रवर्द्धन विभाग प्रमुख, प्रयासराज कोइरालाले पुरस्कृत विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिँदै काठमाडौं विश्वविद्यालयमा मात्र नभई नेपालको समग्र शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्नका निम्ति अन्य सहकार्य अगाडी बढाउँदै जाने बताउनुभयो ।

पाँच वर्ष अघि नेपाली यूवाहरुद्वारा स्थापित प्रिक्सा टेक्नोलोजिज सफ्टवेयर, वेब सिस्टम, कन्टेन्ट म्यानेजमेन्ट सिस्टम, बिग डाटा, क्लाउड इन्फ्रास्ट्रकचार म्यानेजमेन्टलगायतका क्षेत्रमा काम गर्दै आएको छ । 
 

अन्तिम अपडेट: साउन १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया