दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास

 पुस १२, २०७५ बिहिबार १३:४६:५३ | जयनारायण यादव

बारा – बारामा एक दश वर्षीया बालिकामाथि बलात्कारको प्रयास भएको छ ।

प्रसौनी गाउँपालिका–५, कि एक दलित बालिकामाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ । 

बालिकालाई गाउँकै एक युवकले तोरीबारीमा लगेर बलात्कारको प्रयास गरेको प्रहरी उपरीक्षक सानुराम भट्टराईले बताउनुभयो । बालिकाको अभिभावकले बिहीबार जिल्ला प्रहरी कार्यालयमा संलग्न युवकलाई कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् । घटनामा संलग्न युवक फरार छन् र घटनाबारे थप अनुसन्धान भैरहेको   प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी गराउनुभयो । 

बालयौन दुराचार मुद्दा फरार युवकमाथि मुद्दा  दर्ता गरी थप अनुसन्धान भैरहेको प्रहरी उपरीक्षक भट्टराईले बताउनुभयो । घटनालाई मिलापत्र गराउन बुधबार गाउँमा गोप्य तरिकाले छलफल भएको थियो । स्थानीयले केही व्यक्तिले पीडित दलित बालिकाकी आमालाई घटना बाहिर नल्याउन दबाब दिएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया