बर्दी लगाएको प्रहरीले हात फैलाएको सह्य हुँदैन – खनाल

 पुस १२, २०७५ बिहिबार १४:१७:४२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके - नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरीको बर्दी लगाएर हात फैलाएको सह्य नहुने बताउनुभएको छ ।

महानिरीक्षक खनालले अनुचित प्रभावमा नपर्ने विशेष निर्देशन दिँदै, कसैको कुनै पनि प्रभावमा पर्ने जुनसुकै तहको प्रहरी भएपनि कारवाही गर्ने चेतावनी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा बुधबार विभिन्न प्रहरी यूनिटका इन्चार्जहरुलाई निर्देशन दिँदै महानिरीक्षक खनालले प्रहरी साँच्चिकै प्रहरी जस्तो देखिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले महिला तथा बालबालिकाविरुद्धका घटनामा प्रहरी अझ कडा रुपमा प्रस्तुत हुनुपर्ने देखिएको बताउनुभयो । 

जिल्ला प्रहरी कार्यालय बाँकेमा नेपाल प्रहरीको सीआईबीका डीआईजी निरज शाहीसहित पुग्नुभएका महानिरीक्षक खनाललाई जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जिल्लाको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी दिनुभएको थियो । 

निर्मला हत्याकाण्डको विषयमा थप जानकारी लिने उद्देश्यले कञ्चनपुर जाने क्रममा महानिरीक्षक खनाल मंगलबार साँझ नेपालगञ्ज पुग्नुभएको हो । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया