अबको तीन वर्षपछि कोही पनि फुसको छानाको घरमा  बस्नुपर्दैन : अर्थमन्त्री खतिवडा

 पुस १३, २०७५ शुक्रबार १७:५३:४० | बाबुराम देवकोटा
unn.prixa.net

फाइल तस्बिर

सिन्धुली – अर्थ मन्त्री डा. युवराज खतिवडाले भूकम्प पीडितलाई पाँच प्रतिशत ब्याजदरमा पाँच लाख रुपैयाँसम्म ऋण दिन सरकारले तयारी गरिरहेको बताउनु भएको छ ।

सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा शुक्रबारदेखि सुरु भएको ३ नम्बर प्रदेशस्तरीय ‘प्रादेशीक महोत्सव २०७५’ को उद्घाटनका क्रममा उहाँले यस्तो बताउनु भएको हो ।  उहाँले भूकम्प पीडितलाई राहत दिन सकारले यस्तो नीति ल्याउन लागेको बताउनु भएको हो । आगामी तीन वर्षभित्र कोही पनि फुसको छानाको घरभित्र बस्नु नपर्ने बताउँदै मन्त्री खतिवडाले त्यसका लागि ‘जनता आवास कार्यक्रम’ ल्याएको जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनता आवास कार्यक्रमको कार्यविधि समेत तयार भइसकेको छ ।’ मेला महोत्सव उत्पादन प्रणालीलाई जोड्ने एउटा चक्र भएको चर्चा गर्दै उहाँले दोहोर कर प्रणाली छिट्टै अन्त्य हुने बताउनुभयो । 

त्यस अवसरमा ३ नम्बर प्रदेशका वन, वातावरण, पर्यटन तथा उद्योग मन्त्री अरुण नेपालले ३ नम्बर प्रदेशलाई उद्योगको हब बनाउन सरकार लागि परेको बताउनुभयो । उद्योगीहरुलाई लगानी गर्न आह्वान गर्दै उहाँले लगानीपूर्ण वातावरणको सिर्जनामा सरकारले ग्यारेन्टी गर्ने बताउनुभयो ।

प्रदेश नम्बर ३ का विभिन्न जिल्लामा उत्पादन भएका घरेलु सामान, कृषि, पर्यटन, उर्जा, कला र संस्कृतिको प्रबद्र्धन गर्ने उद्देश्यले सुरु भएको उक्त महोत्सव पुस २२ गतेसम्म सञ्चालन हुने आयोजक सिन्धुली उद्योग वाणिज्य सङघले जनाएको छ । महोत्सव कमलामाई नगरपालिकाको सहकार्यमा सुरु भएको हो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया