बझाङमा देखिएको पीपीआर रोग नियन्त्रणमा : भ्याक्सिन लगाउने काममा तीव्रता

 पुस १४, २०७५ शनिबार १४:३६:६ | डीबी बिष्ट
unn.prixa.net

फाइल तस्बिर

डीबी विष्ट  – बझाङ जिल्लामा देखा परेको पीपीआर रोग नियन्त्रणमा आएको छ ।

बाख्रा र भेडाका देखा परेको यो रोग केही समयअघि मात्रै फेला परेको थियो । यस रोगका कारण बझाङ जिल्लामा एक सयभन्दा बढी भेडा बाख्रा मरेको जनाइएको छ । पशुपंक्षी रोग अन्वेशण प्रयोगशाला धनगढीका ल्याब परीक्षण गर्दा पीपीआर रोग पत्ता लागेको हो ।

यो रोग बझाङ जिल्लाको साइपाल गाउँपालिकामा बढी देखा परेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यालय प्रमुख बाल्मिकीप्रसाद जोशीले बताउनुभयो । अहिले यो रोग नियन्त्रण्मा आइसकेको उहाँले जानकारी दिनु भएको छ ।

बढी जस्तो यो रोग बझाङ र बैतडीको सिमाना बढी देखा परेका थियो  । यो रोगका कारण बैतडीको सिगास गाउँपालिकामा ८६ भन्दा बढी भेडा बाख्रा मरेको भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका पशु स्वास्थ्य प्राविधिक विसन सिंह विष्टले बताउनुभयो ।

रोग नियन्त्रणका लागि साइपाल गाउँपालिकामा तीन हजार भेडा बाख्रामा भ्याक्सिन लगाइसकिएको छ र अझै भ्याक्सिन लगाउने काम तीव्र्र रुपमा भइरहेको छ । यस्तै खप्तड छान्ना गाउँपालिकामा ६ सय डोज भ्याक्सिन बाख्रा र भेडामा लगाइएको भ्याक्सिन भेटनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बझाङका निमित्त कार्यलय प्रमुख वाल्मिकीप्रसाद जोशीले बताउनुभयो ।

यस्तै थलारा गाउँपालिका, केदारस्यूँ र विथ्थडचिर गाउँपालिकामा समेत ६–६ सउडोज भ्याक्सिन लगाई सकिएको र भ्याक्सिन लगाउने काम तीव्र रुपमा भइरहेको उहाँले जानकारी दिनुभएको छ ।

बझाङ र बैतडीमा पीपीआर रोग फेला : सयौंको संख्यामा भेडा–बाख्रा मरे

 
 

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया