बझाङ पुगेर धुर्मुस–सुन्तलीले भने : जाँड–रक्सी खाने पैसाले बीमा गर्नुहोस्

 पुस १८, २०७५ बुधबार १७:५६:२ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – सामाजिक अभियान्त्ता तथा राष्ट्रिय कलाकार धुर्मुस–सुन्तली बझाङ चैनपुरमा आउने भनेपछि सदरमुकाम चैनपुर र कार्यक्रमस्थल खुल्लामञ्चमा मानिसहरुको बाक्लो भिडभाड थियो ।

एकाएक खुल्ला मञ्चको स्टेजमा हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली)ले हास्य व्यंग्य गर्दै आफ्नो कला प्रस्तुत गरेपछि दर्शकहरुको तालीको गड्गडाहट सुनियो ।

बझाङ प्रवेश हुने जयपृथ्बी राजमार्ग साधुरो तथा  खाल्डा–खुल्डी भएको अवस्था झल्काउँदै नेताहरुले सडक फराकिलो र सुधार नगरेको भन्दै व्यंग्य गर्नुभयो । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आयोजना गरेको बीमा जागरण कार्यक्रममा कलाकार सुन्तलीले पुरुषहरुलाई लक्षित गर्दै भनिन्, ‘रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस ।’ महिलाहरुलाई भने कलाकार सुन्तलीले बिँडी–तमाखु खाने पैसाले बीमा गर्न आग्रह गरिन ।

पहिलो पटक बझाङमा आएका घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौं दर्शकहरुलाई जाँड रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Chandra prakash

    July 6, 2019, 2:43 a.m.

    Good

  •  0 Reply

तपाईको प्रतिक्रिया