पित्लेक होमस्टे स्याङ्जाकै ‘उत्कृष्ट होमस्टे’

 पुस २०, २०७५ शुक्रबार ११:५३:४९ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा – वालिङ नगरपालिका वडा नम्बर–५, मा रहेको पित्लेक देउराली सामुदायिक होमस्टे उत्कृष्ट हुँदै सम्मानित भएको छ । 

नेपालकै पहिलो सिरुबारी होमस्टेका संस्थापक क्याप्टेन रुद्रमान गुरुङको स्मृतिमा स्थापना गरिएको पुरस्कारबाट पित्लेक देउराली सामुदायिक होमस्टे सम्मानित भएको हो ।

पर्यटन विकास समिति सिरुबारीले स्याङ्जामा सञ्चालित होमस्टेमध्ये पित्लेक देउराली सामुदायिक होमस्टेलाई उत्कृष्ट छनौटगरी २५ हजार रुपैयाँ नगदसहित सम्मानपत्रले पुस्कृत गरिएको समितिका अध्यक्ष जुम गुरुङले जानकारी दिनुभयो ।

कार्यक्रममा पर्यटन विकास समितिका स्याङ्जाका पूर्व उपाध्यक्ष अनन्तकुमार श्रेष्ठले नेपालको आयातलाई प्रतिस्थापन गर्ने बलियो माध्यमका रुपमा रहेको पर्यटन विकासलाई प्रवर्दन र सम्वर्द्धन गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा पित्लेक होमस्टेका अध्यक्ष महेश गुरुङले आफूहरु होमस्टेलाई अझै प्रभावकारी वनाउन लागि परेको जानकारी दिनुभयो ।

ग्रामीण पर्यटनका पिताका रुपमा परिचित स्वर्गीय रुद्रमान गुरुङको नाममा स्थापित यो पुरस्कार बर्सेनि जिल्लाका एक उत्कृष्ट होमस्टेलाई प्रदान गरिने जनाइएको छ । 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया