किशाेरी बलात्कारको आरोप लागेका युवा फरार

 पुस २०, २०७५ शुक्रबार १६:५३:१४ | अमर सुनार
unn.prixa.net

प्रतिकात्मक तस्बिर

दैलेख – १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा मुद्दा चल्ने निधो भएपछि दैलेखमा एक युवक गाउँ छोडेर फरार भएका छन् ।

गाउँमा मेलमिलाप गराउने प्रयास असफल भएपछि बलात्कारको आरोप लागेका युवक भागेको पीडित पक्षको भनाई छ । ‘बिहान बलात्कार भएको, दिउँसो प्रहरीलाई सूचना दिने प्रयास गर्दा गाउँमै मिलाउने तयारी गरेको र आफूहरुले कानूनी उपचार खोज्ने दृढता लिएपछि गाउँका मान्छेहरुले युवकलाई भगाएछन’, पीडित बालिकाका काकाले भन्नुभयो ।

आरोपित भैरबी गाउँपालिका–५, डाँगरगाउँका २२ वर्षीया बीरेन्द्र शाही भागेको प्रहरीले पुष्टी गरेको छ । ट्युसन पढ्न जाँदा बिहीबार बिहान साढे ५ बजे कोलावती खोल्सामा युवतीलाई युवाले बलात्कार गरेको प्रहरीलाई दिएको उजुरीमा जनाइएको छ । 

झण्डै आधा घण्टाको बाटो पैदल हिँडेर आएको बेला एकान्त खोल्सामा एक्कासी हातपात गरेपछि चिच्याउन लाग्दा मुख थुनेर बलात्कार गरेको र कसैलाई भने मारिदिने धम्की दिएको प्रहरीको उजुरीमा पीडितले उल्लेख गरेका छन् । पीडित परिवारले आफूहरु असुरक्षित जनाएका छन् ।

पीडकलाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दैलेखमा शुक्रबार पीडित पक्षले उजूरी दर्ता गराएका हुन । पीडित बालिकाको स्वस्थ्य परीक्षण दुल्लू अस्पतालमा बिहीबार बेलुका नै भएको बताइएको छ । 

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया