६ दिनसम्म पनि शवको पहिचान खुल्न सकेन

 पुस २३, २०७५ सोमबार १७:५१:८ | पुरुषोत्तम गिरी
unn.prixa.net

सल्यान – ६ दिनअघि ज्यान गुमाएका एक नचिनेका युवकको शव अझै पनि जिल्ला अस्पताल सल्यानको शवगृहमा रहेको छ ।

पुस १७ गते दिउँसो ज्यान गुमाएका नचिनेका युवकको पहिचान खुल्न नसक्दा शव अस्पतालमै रहेको प्रहरीले जनाएको छ । विभिन्न संचारमाध्ययम, पत्रपत्रिका र स्थानीय एफएम रेडियोबाट जिल्लामा अपरिचित युवक भेटिएको समाचार प्रकाशन तथा प्रसारण गरिएको भए पनि अझैसम्म पनि कसैले खोजी कार्य नगरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गिरीराज भण्डारीले जानकारी दिनुभयो ।

सल्यानको शारदा नगरपालिका १४ मा रहेको ढांरखानी जंगलमा पुस १५ गते अचेत अवस्थामा फेला परेका अन्दाजी २६ वर्षका युवकलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले घाइते युववको अस्पताल सल्यानमा उपचार गराएको थियो । नाम ठेगाना नखुलेका ती पुरुषलाई कसैले चिनेको खण्डमा आफन्तलाई वा प्रहरी कार्यालयमा सम्पर्क गर्न प्रहरीले पटक–पटक आग्रह गर्दै आएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया