मिर्गाैला पीडितलाई साढे २ लाख रुपैयाँ सहयोग

 पुस २६, २०७५ बिहिबार १३:२४:२९ | समुद्र पौडेल

तनहुँ – तनहुँ, व्यास–७, छापथोकका सुमन गुरूङको दुवै मिर्गाैलामा समस्या आएपछि उपचारका लागि तनहुँ समाज हङकङले दुई लाख ५८ हजार ७ सय २० रूपैयाँ आर्थिक सहयोग गरेको छ ।

बिहीबार दमौलीमा पत्रकार सम्मेलन गर्दै तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंग बहादुर थापा र पूर्व अध्यक्ष  भिमबहादुर गुरूङले उक्त रकम सुमनकी आमा मिना गुरूङ र दिदी पविता गुरूङलाई संयुक्त रूपमा हस्तान्तरण गर्नुभयो ।

रकम हस्तान्तरण गर्दै तनहुँ समाज हङकङका पूर्व अध्यक्ष गुरूङले संस्थाले तनहुँ जिल्लाको सामाजिक क्षेत्रमा पुर्‍याउँदै आएको सहयोगलाई निरन्तरता दिँदै आएको बताए ।

तनहुँ समाज हङकङका निवर्तमान अध्यक्ष जंग बहादुर थापाले संस्थाले तनहुँबासीको दुख पीडामा हङकङमा बसेका नेपालीसँग पुलको काम गर्दै आएको बताए । 
सहयोग रकम हङकङमा बस्दै आएका दिपक गुरूङ, जसमाया गुरूङ र माया थापाको समन्वयमा संकलन गरिएको हो । 

तनहुँ समाज हङकङले तनहुँ जिल्लाका अपाङ, दृष्टिविहीन र शारीरिक अपांगता भएका विद्यार्थीलाई अक्षयकोष स्थापना गरेर सहयोग पु¥याउँदै आएको छ । 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया