सम्सीमा दिनभर सडक जाम

 पुस २९, २०७५ आइतबार १९:४७:५४ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – क्षतिपूर्तिको माग गर्दै महोत्तरीको सम्सीमा स्थानीयहरुले दिनभर नै सडक जाम जारी राखेका छन् ।

आइतबार बिहानको समयमा टिप्परले एक स्थानीय बालकलाई ठक्कर दिँदा बालकको ज्यान गएपछि सडकमा तनाव भएको हो । बालको मृत्युको विरोधमा स्थानीयवासीले गौशाला-सम्सी सडकखण्डअन्र्तर्गत सम्सी गाँउपालिका-२ मा रहेकाे पर्सादेवाडमा गरेकाे सडक बन्दलाई जारी राखेका छन् ।

एकाबिहानै गौशालाबाट सम्सीतर्फ गइरहेको गिट्टी लोड भएको ना ७ ख ६४२७ नम्बरको टिप्परले ठक्कर दिँदा सम्सी गाउँपालिका-२ का ९ वर्षका शेख सदावको ज्यान गएको थियो । बालको ज्यान गएपछि मृतकका परिवारजनसहित स्थानीयहरुले क्षतिपूर्तिको माग गर्दै सडक अवरुद्ध पारेका हुन् ।

तत्कालै क्षतिपूर्ति पाउनुपर्ने मागमा अडिग भएपछि बाटो खुलाउन असमर्थ रहेको घटनास्थबाट इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर अचार्यले बताउनुभयाे । बाटो खुलाउनको लागि आफूहरुले गरेको प्रयास असफल भएपछि दिनभरि नै बाटो अवरुद्ध रहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिनुभयो ।

आइतबार बिहान ना ७ ख ६४२७ नम्बरको टिप्परको ठक्करबाट बालक शेख सदावको घटनास्थलमै ज्यान गएको थियो । यता ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बालकको शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया