जिरी नगरपालिकाले किवी खेती गर्ने कृषकलाई फलामे थाङ्ग्रा सहयोग गर्ने

 माघ १, २०७५ मंगलबार १६:३४:३५ | उषा तामाङ

दोलखा – दोलखाको जिरी नगरपालिकाले व्यवसायिक रुपमा किवी खेती गर्ने कृषकलाई स्टेकिङ (थाङ्ग्रा) सहयोग गर्ने भएको छ । 

नगरपालिका क्षेत्रभित्र ३ रोपनीभन्दा बढी जग्गामा किवी खेती गर्ने किसानलाई थाङ्ग्रा सहयोग गर्ने भएको हो । नगरपालिकाको ५० प्रतिशत सहयोग र कृषकको ५० प्रतिशत लगानीमा किवीलाई थाङ्ग्राको व्यवस्था गरिनेछ । 

थाङ्ग्रा सहयोग कार्यक्रम अन्तरगत अहिले किसान छनौट गरी लाभग्राही किसान र नगरपालिकाबीच सम्झौता भइरहेको छ । सम्झौतापछि नगरपालिकाले उपलब्ध गराएको इस्टिमेट अनुसार किवीलाई फलामको थाङ्ग्रा दिएपछि नगरपालिकाले कूल लागतको ५० प्रतिशत भुक्तानी उपलब्ध गराउने नगरपालिका कृषि शाखाका नायव प्राविधिक सहायक इन्द्रकुमार राइले जानकारी दिनुभयो । 

थाङ्ग्रा सहयोग कार्यक्रमका लागि नगरपालिकाले ५५ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको छ । त्यस्तै किसानले पनि ५५ लाख ५० हजार लगानी गर्नेछन् । 

जसअनुसार कूल एक करोड ११ लाख रुपैयाँ बराबरको थाङ्ग्रा यस वर्ष किवी कृषकलाई दिइनेछ । यति रकममा ११ हजार ९ सय ५० किवीका विरुवाले फलामको थाङ्ग्रा पाउनेछन् । 


 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उषा तामाङ

उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया