छात्रा जिस्क्याउने छात्रलाई विद्यार्थीले पुर्‍याए प्रहरी चौकी, कडा कारबाही गर्न माग

 माघ ३, २०७५ बिहिबार १८:१२:४६ | जयनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

बारा – छात्रा जिस्काउने युवकहरुलाई कडा कारबाहीको माग गर्दै बिहीबार बाराको कलैयामा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।

बाराको प्रसौनी गाउँपालिका ६ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीहरुले कलैयामा प्रदर्शन गरेका हुन् । उनीहरुले विद्यालय परिसरबाट विभिन्न नारा लेखिएको प्लेकार्डसहित कलैया बजार पुगेर प्रदर्शन गर्दै छात्रा जिस्काउने युवकहरुलाई कडा कारबाहीको माग गरेका हुन् ।

झण्डै तीन सयको संख्यामा रहेका विद्यालयका छात्राहरुले जिल्ला प्रहरी कार्यालय अगाडि पुगेर धर्ना दिएका छन् । छात्रा जिस्काउने प्रसौनी गाउँपालिका ६ का २१ वर्षीय श्यामसुन्दर साह, २२ वर्षीय जुमाई अन्सारी र  १६ वर्षीय आकाश साहलाई विद्यालयका छात्राहरुले बुधबार विद्यालय परिसरबाट पक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।

पक्राउ परेका तीन जनामाथि नै सार्वजनिक अपराध मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक रंजित सिंह राठौरले बताउनुभयो । उनीहरुलाई अझै कडा किसिमको मुद्दा चलाउन माग गर्दै विद्यार्थीहरुले बिहीबार प्रदर्शन गर्दै प्रहरीलाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

पक्राउ परेका युवकहरु यसअघि पनि जाँडरक्सी र गाँजा खाएर छात्राहरुलाई जिस्काउँदै आएको स्थानीयले आरोप लगाएका छन् ।
 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयनारायण यादव

जयनारायण यादव बाराका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया