जयपुरमा मनिषाले भनिन् : च्यालेञ्ज स्वीकार्दै एभरेष्ट बेस क्याम्पसम्मको ट्रेकमा जाँदैछु

 माघ १३, २०७५ आइतबार १४:२७:५४ | उपेन्द्रराज पाण्डेय
unn.prixa.net

जयपुर - जयपुर साहित्य महोत्सवको चौथो दिन आइतबार बलिउड अभिनेत्री मनिषा कोइरालाले सञ्जय के रोयसँगको अन्तरक्रियामा आफ्नो बलिउड यात्रा र क्यान्सरसँगको आफ्नो संघर्षका बारेमा बताइन् । 

अभिनेत्री मनिषा कोइरालाको आत्मकथा ‘हिल्डः हाउ क्यान्सर गेभ मि अ न्यू लाइफ’ प्रकाशित भएको छ । पोखरामा भएको नेपाल साहित्य उत्सवमा उनको पुस्तक विमोचन भएको थियो । फेरि एकपटक जयपुर साहित्य महोत्सवमा मनिषा कोइरालाले क्यान्सर भएपछि भोगेका संघर्ष र उपचारपछिको पुनरागमनका कथाव्यथा सुनाइन् । 

मनिषाले आफ्नो पुस्तकमा उल्लेख गरेझैँ जयपुर साहित्य महोत्सवमा पनि सुरुवाति दिनमा बलिउडमा ‘रिजेक्सन’ बाट गुज्रनु परेको बताइन् । ‘१९४२ः अ लभ स्टोरी’ को स्क्रीन टेस्टका बेला निर्देशक विधु विनोदको कुरा सुनेर आफू एकदमै निराश भएको बताउँदै मनिषाले भनिन्, ‘चलचित्रको स्क्रीन टेस्ट भैरहेको थियो । फिल्मका निर्देशक विधु विनोद चोपडाले मलाई बोलाएर भन्नुभयो, मनिषा यु आर टेरिबल एक्ट्रेस, यु आर शिट ।’ 

स्वास्थ्यको प्रतिकूलताका बाबजुद पनि चुनौती माेल्दै छिट्टै सगरमाथाको बेस क्याम्पसम्मको ट्रेकमा जान लागेकाे अभिनेत्री मनिषा काेइरालाले खुलासा गरेकी छिन् । आर्मी स्कुल पढ्दाका अरु दुई जना साथीसँग एभरेष्ट बेस क्याम्प जान लागेको उनले खुलाइन् ।

विधु विनोद चोपडाको कुरा सुनेर आफू निराश भए पनि आफैलाई च्यालेन्ज गर्दै मनिषाले दोस्रो टेस्टका लागि चोपडासँग २४ घण्टा समय मागेको बताइन् । त्यसपछि उनले घरमा पुगेर अभ्यास गर्न थालिन् । उनी निकै चिन्तित पनि थिइन् । मनिषाको चिन्ता देखेर उनकी आमाले भनिन्, तिमीले चलचित्र पाएनौँ भने पनि केही  छैन । तर यस्तो चिन्ता नलिउ ।’

अर्को दिन मनिषाको पर्फमेन्स देखेर चोपडाले भने, यदि तिमी मनैबाट काम गर्छौ भने म तिमीलाई माधुरी दीक्षितको ठाउँमा साइन गर्छु ।’ मनिषाको आत्मविश्वास देखेर चोपडाले भने, ‘मनिषा हिजो तिमी जिरो थियौँ, आज १०० छौँ ।’

आफूलाई क्यान्सर भएको बेलामा आफ्नो परिवार विशेष गरी आफ्नो भाइ सिद्धार्थले निकै साहसी काम गरेको मनिषाले बताइन् । सबै कुराको प्रबन्ध आफ्नो भाइले नै पुरै परिपक्वताका साथ पूरा गरेको मनिषाले बताइन् । मनिषाले पाठेघरको क्यान्सरका उत्कृष्ट डाक्टर न्यूयोर्कमै भएकाले पनि आफू अमेरिका गएको बताइन् । 

त्यस्तै मनिषाले क्यान्सर रोगको उपचार पैसाले मात्रै पनि नहुने भन्दै रोगका बारेमा मानिस सचेत हुनुपर्ने बताइन् । त्यस्तै बिरामीले राम्रो चिकित्सकसँग परामर्श र उपचार गराउनुपर्ने पनि मनिषाले बताइन् । 

मनिषा कोइरालाले आफूले अहिले २/३ वटा फिल्ममा काम गरिरहेको बताउँदै सञ्जय दत्तसँगको नयाँ फिल्म ‘प्रस्थानम’ यही वर्ष रिलिज हुने पनि बताइन् ।

मनिषाले आफूले छिट्टै सगरमाथाको बेस क्याम्पसम्मको ट्रेकमा जाने पनि बताइन् । त्यसलाई आफूले स्वास्थ्यको प्रतिकूलताका बाबजुद पनि चुनौतीका रुपमा लिएको उनले बताइन् । आर्मी स्कुल पढ्दाका अरु दुई जना साथीसँग उनी एभरेष्ट बेस क्याम्प जान लागेको पनि मनिषाले बताइन् । 

क्यान्सरकै बारेमा अरु पुस्तक पनि लेख्नुहुन्छ भन्ने प्रश्नमा उनले क्यान्सरबाहेक पनि आफूसँग लेख्ने थुप्रै विषय भएको बताइन् । साथै आफूले क्यान्सर हुँदा र उपचारपछि भोगेका भोगाइ र अनुभवका आधारमा यसका बारेमा जनचेतना भने फैलाउने काम गरिरहने पनि मनिषाले बताइन् ।

साथै मनिषाले क्यान्सरजस्तो रोगको उपचार महंगो हुने बताउँदै नेपाल, भारतजस्ता विकासोन्मुख देशहरुमा सरकार र औषधि कम्पनी मिलेर यसलाई सके निःशुल्क नसके सर्वसुलभ तरिकाले उपचार सेवा प्रदान गर्नु पर्ने बताइन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

उपेन्द्रराज पाण्डेय

उज्यालोमा कार्यरत उपेन्द्रराज पाण्डेय कला, साहित्य र संस्कृतिमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया