होटलमा बेहाेश भेटिएका युवकको उपचारको क्रममा मृत्यु

 माघ १३, २०७५ आइतबार १७:३५:१० | धनवीर महतो
unn.prixa.net

महोत्तरी - महोत्तरीको बर्दिवासमा रहेकाे एउटा होटलमा बेहोश अवस्थामा भेटिएका एक युवकको उपचारको क्रममा आइतबार मृत्यु भएको छ ।

बर्दिवास नगरपालिका-१ मा रहेकाे भण्डारी होटेलमा बेहोश अवस्थामा भेटिएका स्थानीय २२ वर्षीय विवेक सापकोटाको उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

बर्दिवासमा रहेकाे जनसेवा हस्पिटलमा उपचारको क्रममा सापकोटाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

काठमाण्डौबाट दुईजना साथी आएको भन्दै सापकोटा शनिबार राति त्यस होटेलमा बास बसेका थिए ।  एकाबिहानै कोठामा सापकोटा बेहोश भएको कुरा होटेलमा सँगै बसेका साथी निसान भट्टराई र सिद्धार्थ खड्काले फोनबाट उनको परिवारलाई जानकारी गराएका थिए ।

 त्यसपछि सापकोटालाई उपचारको लागि बर्दिवासकाे जनसेवा हस्पिटलमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सापकोटाकाे मुख र नाकबाट फिँज आएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । 

 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया