बेपत्ता बालक ३४ दिनपछि मृत अवस्थामा भेटिए

 माघ १४, २०७५ सोमबार १६:३५:२४ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा ३४ दिन अघि घरबाट हराएका सुस्तमनस्थिति भएका बालक आइतबार मृत अवस्थामा फेला परेका छन् । 

खप्तड छान्ना गाँउपालिका–६, पुजारीगाँउका तेज बहादुर खड्काका १४ वर्षिय छोरा शक्ति खड्का गएको पुस ९ गते सोमबार घरबाट बेपत्ता भएका थिए । घरबाट बेपत्ता भएको ३४ दिन पछि तमैल बजार नजिकै मृत अवस्थामा बालकलाई फेला पारिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बेपत्ता भएका खड्काको खोजी कार्यका लागि स्थानीय र प्रहरी लागि परेका थिए । आइतबार तमैल बजार नजीकै १४ वर्षिय बालकलाई मृत अवस्थामा फेला पारेको हो । बालकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको बालकका दाजु सन्तोस खड्काले बताउनुभयो । 

बालकको मृत्यु के कति कारणले भएको हो भन्ने जानकारी नभएको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया