सिन्धुलीमा चार हजारभन्दा बढी भूकम्पपीडित बाटैमा हराए

 माघ १६, २०७५ बुधबार १५:१२:२४ | बाबुराम देवकोटा
unn.prixa.net

सिन्धुली – विनासकारी भूकम्प गएको झण्डै चार वर्ष बित्नै लाग्दा सिन्धुली जिल्लामा चार हजार १३ जना भूकम्प पीडित लाभग्राही निजी आवास निर्माणका लागि सम्झौता गर्न आएका छैनन् । 

जिल्लामा रहेका कूल ३७ हजार ९१५ जना लाभग्राहीमध्ये अहिलेसम्म चार हजार १३ जना निजी आवास निर्माणका लागि सरकारले दिने तीन लाख अनुदान लिन सम्झौता नै गर्न नआइ बाटैमा हराएका राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्यालय प्रमुख देवनारायण प्रसाद यादवका अनुसार कूल लाभग्राहीमध्ये अहिलेसम्म ३३ हजार ९०२ जनाले मात्रै निजी आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लगेका छन् । 

बाँकीले सम्झौता नै गर्न नआइ पहिलो किस्ता लान सकेका छैनन् । ‘किन सम्झौता गर्न नआएका हुन्, मैले पनि बुझ्न सकिरहेको छैन,’ उहाँले भन्नुभयो, ‘लाभग्राहीमध्ये कसैको ऐलानी जग्गा, कसैको काठेघर, कोही निजी आवास बनाउन अनिच्छुक र कोही विदेसमा रहेका आदि कारण हुन सक्ने अनुमान गरेका छौं ।’

जिल्लामा अहिलेसम्म १२ हजार १५६ भूकम्प पीडितले घर बनाएको कार्यालय प्रमुख यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार निजी आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लगेकामध्ये २६ हजार ३५९ जनाले दोस्रो किस्ता लगेका र दोस्रो किस्ता लागेकामध्ये पनि १४ हजार ७१२ जनाले तेस्रो तथा अन्तिम किस्ता रकम लगेका छन् । 

यस अवधिमा तीन जना लाभग्राहीले पहिलो किस्ता रकम फिर्ता गरेका छन् । निजी आवास बनाउन आवश्यक नपरेको भन्दै उनीहरुले रकम फिर्ता गरेका हुन् । 
सिन्धुली जिल्लामा प्रबलीकरणका लाभग्राही १३ हजार ६४ जना छन् । तीमध्ये अहिलेसम्म एक हजार सात सय लाभग्राहीसँग मात्र  अनुदान सम्झौता भएर प्रथम किस्ता लगेका  कार्यालय प्रमुख यादवले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बाबुराम देवकोटा

बाबुराम देवकोटा सिन्धुलीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया