विराटनगर विमानस्थलबाटै चोरी भयो ४ सय लिटर डिजल, चौकीदार संलग्न

 माघ २०, २०७५ आइतबार १९:५५:४२ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – विराटनगर विमानस्थलबाट चार सय लिटर डिजल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी आजद सार्वजनिक गरेको छ ।  

डिजल चोरी गर्नेमा विराटनगर विमानस्थलका कार्मचारीसमेत रहेको जिल्ला प्रहरी मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार, विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ वर्षीय भोला यादव, छोरा २२ वर्षीय अमित र मुकेश यादव तथा भतिजा १९ वर्षीय चन्द्र यादवलाई पक्राउ गरिएको  छ ।

प्रहरीले पक्राउ गरिएका चारै जनालाई   मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्दाको म्याद थप  चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।

विमानस्थलको जेनेरेटर हाउसभित्र राखिएको चार सय लिटर डिजल चोरी गरेको अनुसन्धानका क्रममा खुलेपछि चारै जनालाई पक्राउ गरी सार्बजनिक गरेको हो  । गत माघ ९ गते  नै त्यो तेल चोरी हुनुको पछाडिको कारणमा चौकीदार र अन्य ३ जना आफन्त भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

विमानस्थलमा काम गर्ने भोलाले डिजल स्टक गरेर राखेको ठाउँका बारेमा सूचना दिएपछि उनका आफ्नै छोरा र भतिजाले चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । विराटनगर विमानस्थल प्रमुख टेकनाथ सिटौलाका अनुसार डिजल हराएको पाइएपछि प्रहरीलाई जानकारी गराईएको बताए ।

सिटौलाले पुस १३ गते घटना अनुसन्धानका लागिभ भन्दै प्रहरीमा निवेदन दिएका थिए ।   ४ सय लिटर  डिजलमा  तीन सय १० लिटर डिजल एकै ठाउँमा लगेर बिक्री गरेको र बाँकी ९० लिटर भने प्रहरीले फेला पारेको त्यसै अवसरमा प्रहरीले जानकारी दिएको हो । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया