प्रदेश १ को तेस्रो अधिवेशन : प्रदेशको नाम र केन्द्र टुंगिने आशा

 माघ २१, २०७५ सोमबार ७:५८:१४ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ को तस्रो अधिवेशन आइतबारदेखि सुरु भएको छ । प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदीपकुमार भण्डारीले आइतबार तेस्रो अधिवेशन सुरु भएको घोषणा गर्नुभयो । 

सभामुख भण्डारीले तेस्रो अधिवेशन प्रदेश १ कै लागि परिणाममुखी हुनेमा विश्वास व्यक्त गरेसँगै सुरु भएको अधिवेशनको पहिलो बैठकमा  ५ जनाले आफ्नो धारणा राखेका छन्  ।   तेस्रो अधिवेशनको पहिलो बैठक भएकोले पनि सदनमा दलगत आफ्नो प्रतिनिधित्व गर्ने संसदीय दलका नेतालाई बोल्न दिइएको थियो । सदनमा बोल्ने क्रममा सबै दलका नेताहरुले यसै अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुङ्ग्याउनु पर्नेमा जोड दिएका छन्  ।  

मधेशवादीको राजधानी चिन्ता

संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले यस अघिका दुई अधिवेशनमा गर्न नसकेको काम यस अधिवेशनले पूरा गर्नेमा आशा व्यक्त गर्नुभयो । 

उहाँले सबै नागरिकको ध्यान प्रदेशको स्थायी राजधानी र नाममा केन्द्रित रहेकोले यस विषयलाई नटुङ्ग्याउँदासम्म कामै नदेखिने बताउनुभयो ।  

२० वर्षमा हुन नसकेको काम पछिल्ला डेढ वर्षमा भएको स्मरण गराउँदै  उहाँले प्रदेश सरकारले पनि अब गति लिनु पर्नेमा जोड दिनुभयो ।  

प्रतिपक्षको पुरानै एजेण्डा

प्रदेश १ सभालाई सम्बोधन गर्दै प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता राजिव कोेइरालाले पुरानै एजेण्डालाई दोहोर्याउनुभयो  । उहाँले सरकारको गतिविधि गन्तब्यहीन रहेको, डा. गोविन्द केसीको माग सम्बोधन नगरेको तथा निर्मला पन्तका हत्यारालाई कानुनी दायरामा ल्याउन नसकेको आरोप लगाउनुभयो । 

उहाँले योजना आयोग गठनमासमेत कुनै छलफल नै नगरिएको भन्दै गुनासो गर्नुभयो । 

अप्ठ्याराकाबीच काम गर्दैछौं : सत्तापक्ष

सरकारले गरेको काममा प्रतिपक्षले विरोध जनाई रहँदा सत्तापक्ष संसदीय दलका उपनेता टंक आङ्बुहाङले सरकारको बचाउ गर्नुभएको छ  । मुख्यमन्त्री अनुपस्थित पहिलो संसद बैठकमा सत्तापक्षको तर्फबाट उपनेताको हैसियतमा उहाँलाई बोल्न दिइएको थियो ।

उहाँले सरकारले कामै गरेन भन्दा पनि  नौलो अभ्यासका कारण केही असजिलाका बीचमा प्रदेश सरकार रहेकोले काम नदेखिएको दाबी गर्नुभयो । 

अहिलेसम्म सत्तापक्ष र प्रतिपक्षकाबीचमा साझा सहमतिकै रुपमा काम भइरहेकोले आगामी दिनमा पनि त्यसै अनुसार नै सहमतिको आधारमा अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले यो अधिबेशनबाट  धेरै विधेयक पास गर्ने, प्रदेशको नाम र राजधानीको विषय टुङ्गोमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया