अयोध्या र रेसुङ्गाको सम्बन्ध विस्तारका लागि सन्त सम्मेलन
चैत ७, २०७९ मंगलबार
तपाईंले भक्का चाख्नुभएको छ ? तराईमा हुनुहुन्छ भने पक्कै तपाईंलाई भक्काको स्वाद थाहा भएको हुनुपर्छ । त्यसो त अहिले काठमाण्डौका केही ठाउँमा पनि भक्काको स्वाद चाख्न पाइन्छ ।
जाडो सुरु भएदेखि नै तराईका ठाउँठाउँमा भक्काको व्यापार हुन्छ । विशेषगरी तराईमा जाडोको बेला बिहानको खाजाको रुपमा भक्का रुचाइने गरिन्छ । जाडोमा भक्का खाँदा बिहानको भोक पनि मेटिने, जाडो पनि भाग्ने यसका पारखीहरु बताउँछन् ।
भक्का चामलको पिठोबाट बनाइने परिकार हो । भाँडामा उमालिएको पानीको वाफबाट पिठो पाकेपछि स्वादिलो भक्का बन्छ ।
भक्का कसरी बन्छ अनि यसको स्वाद कस्तो हुन्छ त ? हामीले झापा बिर्तामोडको मुक्ति चोकमा भक्का बनाउँदै गरेकी हिरा राजवंशी र उहाँको हातले तयार पारेको भक्का खाँदै गरेकालाई भेटेका छौं ।