भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरे

 माघ २३, २०७५ बुधबार १३:४७:३७ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – बझाङमा एउटा भेडी गोठ पहिरोले पुरिँदा २३ भेडा मरेका छन् । 

सुर्मा गाँउपालिका–१, का दानु बोहराको भेडी गोठ आइतबार गएको पहिरोले पुरेको हो ।

पहिरोमा परेर २३ भेडा मरेका स्थानीय बासिन्दा कलक बहादुर बोहराले बताउनु भयो । भेडी गोठ माथि सडक भएका कारण केही दिन अघिदेखि लगातार परेको वर्षा र हिमपातले माटो गलेका कारण पहिरो गएको उहाँको भनाइ छ । 

माघ १३ गते मात्रै चार लाख पचास हजार रुपैयाँमा खरिद गरी ल्याएका भेडाहरु मरेपछि दानु बहादुर बोहरा र धर्मराज बोहरा चिन्तीत बनेका छन् । 

‘भेडा व्यवसाय गरेर जीविका चलाउने सोच थियो,’ दानु बहादुर बोहराले भन्नुभयो, ‘सबै सपना चकनाचुर भयो ।’

आर्थिक स्थिति कमजोर भएका बोहराका दुई दाजुभाइले साहुसँग झण्डै चार लाख ५० हजार ऋण निकालेर भेडा किनेका थिए । 
पहिरोमा झण्डै  २ लाख ३० हजार बराबरको क्षति भएको बोहराको भनाइ छ ।  
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया