आफ्नै भाइकाे हत्या गरेर शव इनारमा फाल्ने दिदीसहित ३ जना पक्राउ

 माघ २३, २०७५ बुधबार २१:८:१६ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - आफ्नै भाइलाई दाउराको चिर्पटले हानेर हत्या गरी इनारमा फाल्ने दिदीसहित ३ जनालाई मंगलबार तनहुँ प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा लमजुङ्ग दुधपोखरी – २, घर भइ भानु ९, काउरेटारमा बस्दै आएकी २८ वर्षीया मन कुमारी बिक, ३५ वर्षीया मनमाया बिक र लमजुङ दोर्दी गाउँपालिका – ३ लामागाउँ घर भई काउरेटार बस्ने २४ वर्षीय आयुष बिक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

गएको माघ २१ गते दिउँसो काउरेटारमा रहेको राम प्रसाद हड्खलेको बारीमा सिँचाइको लागि खनेको इनारभित्र पुरुष व्यक्तिको सडेगलेको दुर्गन्धित अवस्थाको शव फेला परेको थियो।

अनुसन्धानबाट शव २६ वर्षीय राजु बिकको रहेको सनाखत भएपछि अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिए । 

मृतकलाई उनकी दिदी मनमाया बि.क. समेतले गएको माघ १२ गते राति कुटपिट गरी दाउराको चिर्पट दाउरा प्रहार गरेर नाम्लोले घाँटीमा कसी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि त्यसै रात इनारमा लगेर शव फालेको र माथिबाट इनारको ढकनी लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेपछि प्रहरीले घटनामा संलग्न ३ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

उनीहरुलाई कर्तव्य ज्यान मुद्दामा तनहुँ जिल्ला अदातलमा उपस्थित गराइ म्याद थप गरी अनुसन्धान भइ रहेको प्रनाउ अर्यालले बताउनुभयो ।


 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया