नयाँ प्रविधिमार्फत भेरी नदीको गहिराइ नापियो

 फागुन ५, २०७५ आइतबार ११:५२:५७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – पानीको गहिराइ नाप्ने नयाँ प्रविधिमार्फत भेरी नदीको गहिराइ नापिएको छ । भेरी–बबई बहुउद्देश्यीय आयोजना अन्तर्गत बाँधस्थलमा पानी नाप्ने नयाँ प्रविधि ‘इकोसाउन्डर’ मेसिन प्रयोग गरिएको आयोजनाका सिनियर डिभिजन इञ्जिनियर रिसव खनालले जानकारी दिनुभयो ।

भेरी–बबई बहुउद्देश्यीय आयोजनाको बाँध बनाउने ठाउँको पानीको गहिराइ नापिएको हो । अहिले भेरी बबईको बाँध सुर्खेतको भेरीगंगा नगरपालिकाको चिप्पलेमा बन्दैछ । ‘भेरी–बबई बहुउद्देश्यीय आयोजनाको बाँध स्थल बनाउने ठाउँको गहिराइ नाप्नका लागि नेपालमा पहिलो पटक यो मेसिन ल्याएर पानीको गहिराई नापेका हौँ’ इञ्जिनियर खनालले भन्नुभयो, ‘हामीले नयाँ प्रविधिमार्फत गहिराइ नाप्न सफल भएका छौँ ।’

इनोभेटिभ इञ्जिनियरिङ सेर्भिसेज प्रा.लिले ‘इकोसाउन्डर’  मेसिन ल्याएको हो ।  इञ्जिनियर र्‍याफ्टिङमा जडान गरेर नदीको गहिराइ नापिएको हो । भेरीको औषत गहिराइ ४ मिटर रहेको र पानी धेरै जमेको ठाउँमा ७ मिटरसम्म गहिराइ रहेको उहाँले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया