टिप्परकाे ठक्करबाट ९ वर्षीया बालिकाको घटनास्थलमै ज्यान गयाे

 फागुन ५, २०७५ आइतबार १९:१९:१७ | देव पचभैया
unn.prixa.net

फाइल तस्बिर

पाल्पा - टिप्परको ठक्करबाट पाल्पामा एक ९ वर्षीया बालिकाको घटनास्थलमै ज्यान गएको छ भने ७ वर्षीया अर्की बालिका गम्भीर घाइते भएकी छिन् ।

निस्दी गाउँपालिका-७ मोटेखर्कमा रहेकाे रामपुर अरुणखोला भित्रि कच्ची सडक खण्डमा, चुनढुंगा खानी भुटुकेबाट चुनढुङ्गा लोड गरी नवलपरासीतर्फ जाँदै गरेको रा १ ख १५११ नम्बरको टिप्परले ठक्कर दिँदा निस्दी गाउँपालिका-७ की  ममिता सारुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

ममिता संगै बाटो काट्दै गरेकी सोही स्थानकी ७ वर्षिया सुनिता बारघरे टिप्परको ठक्करवाट गंभिर घाईते भएकी छिन् । उनको सदरमुकाम नवलपरासीमा उपचार भैरहेको प्रहरीले जनाएको छ । टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया