सरकार फेरबदलको कुरा भएको छैन : महामन्त्री शर्मा
मंसिर १९, २०८० मंगलबार
श्रीमान् दुःख गर्न परदेश लागेपछि सुख खोज्दै गाउँघर छाडेर शहर पस्ने महिलाहरु धेरै छन् । तर इलामकी दीपा गुरुङ त्यस्तो महिला हुनुहुन्छ, जसले गाउँठाउँमै पौरख गरेर उद्योग खोल्दै १८ वर्षदेखि विदेशमा पसिना बगाइरहेका श्रीमानलाई घर फर्काउनुभयो ।
श्रीमान् यूएईमा भएकै बेला दीपाले श्रीमानलाई थाहै नदिइ ललिपप उद्योग खोल्नुभयो । दीपाले एक्लो प्रयासमा सञ्चालन गरेको उद्योग राम्रो चलेपछि श्रीमान् गणेश गुरुङ सधैंलाई विदेश त्यागेर स्वदेश फर्किनुभएको छ । दीपाले ३३ जना महिलालाई रोजगारी पनि दिनुभएको छ ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।