अमरावतीलाई डण्डीबियो प्रतियोगिताको उपाधि

 फागुन ८, २०७५ बुधबार १२:३३:५० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – धादिङ जिल्ला सदरमुकाम धादिङबेसीमा तीन दिनसम्म सञ्चालित माध्यामिक विद्यालयस्तरीय डण्डीबियो प्रतियोगिता मंगलबार साँझ सम्पन्न भएको छ । 

पछिल्लो पुस्ताले बिर्सिसकेको डण्डीबियो खेललाई संरक्षण गर्ने उद्देश्यले सञ्चालित प्रतियोगिताको अन्तिम खेलमा अमरावती माविले २ सय २ अंक सहित पहिलो स्थान हासिल गरेको थियो । यस्तै निलकण्ठ मावि १ सय ३४ अंक ल्याएर द्वितीय,  रानीपौवा माविले १ सय ९२ अंक ल्याएर तृतीय र १ सय ४४ अंकमा सिमित भएको कुमारी देवी मावि सान्त्वना भएको थियो । 

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने समुहलाई क्रमशः ५० हजार, ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । 

पुरस्कारसहित कप र प्रमाणपत्र नेत्रावती डबजोङ गाउँपालिका प्रमुख दुर्गा कुमार शाक्यले बितरण गर्नुभयो । डण्डीबियो संघ र नेपाल स्काउट धादिङद्वारा आयोजना गरिएको कार्यक्रमको आर्थिक सहयोग सामाजिक अगुवा राजकुमार श्रेष्ठले गर्नुभएको थियो ।

नकआउटको आधारमा खेलाइएको डण्डीबियो खेलका लागि ४३ विद्यालयले सहभागिता जनाएका थिए । नयाँ पुस्तालाई लोप हुन लागेको डण्डीबियोको ज्ञान दिदै यस खेलको जगेर्ना गर्न प्रतियोगिताको आयोजना गरिएको नेपाल स्काउट धादिङका जिल्ला समन्वय आयुक्त शिवराज सापकोटाले बताउनुभयो । 

समापन कार्यक्रमम बोल्दै उहाँले डण्डीबियोलाई राष्ट्रिय खेलको रुपमा विकास गरी नयाँ पुस्तालाई यसप्रति आकर्षण गर्न पनि सबैको ध्यान आकर्षण गर्नुभएको थियो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया