खुला सीमाका कारण बर्दियामा मानव तस्करी रोक्न चुनौती

 फागुन ९, २०७५ बिहिबार १८:२६:४६ | भावुक योगी
unn.prixa.net

बर्दिया - नेपाल भारत खुला सीमा नाका भएका कारण बर्दियामा मानव बेचबिखन तथा ओसारपसार रोक्न चुनौती बढिरहेको जिल्ला स्तरिय अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

बर्दिया जिल्लामा मानव बेचबिखन तथा ओसारपसारको वर्तमान अवस्था चुनौती र समाधानका उपाय विषयक जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले खुला सीमा नाकाका कारण बर्दियामा मानव तस्करी रोक्न चुनौती बढिरहेको बताएका हुन् । 

खुला सीमाका कारण बर्दियामा मानव बेचबिखन तथा ओसारपसार जोखिमपुर्ण अवस्थामा रहेकाे, तस्करले प्रलोभनमा पारेर खाली हात हल्लाउँदै सीमा पार गर्न लगाउने, घाँसदाउरा लिन जंगल गएको बहानामा पनि सीमा पार गर्ने क्रम बढेकाले बर्दियामा मानव तस्कर बढेको सहभागीहरुकाे तर्क छ ।

आर्थिक प्रलोभनमा परेर भारतको बनारसमा रहेको विनविन नेटवर्किङ्ग विजनेसमा समेत नेपालीहरु जाने क्रम पनि बढिरहेको पाइएको छ ।

जिल्ला स्तरिय अन्र्तरक्रिया कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य मोहना अन्सारीले बर्सेनि मानव बेचबिखन तथा ओसारपसार चुनौती बन्दै गएको तथा महिला बालबालिका मात्रै बेचबिखनको चपेटामा परेका नभइ पुरुष पनि चपेटामा परेको बताउनुभयो । 

मुलकबाहिर मात्रै नभइ स्वदेशमासमेत बेचबिखन हुँदा राज्य मौन बसेकोमा चिन्ता व्यक्त गर्दै मानव बेचबिखन र ओसारपसार बिरुद्ध स्थानीय तहले बजेट विनियोजन गरेर यसविरुद्ध अभियान चलाउन उहाँले माग गर्नुभयो ।

माईती नेपाल नेपालगञ्जका संयोजक केशव कोइरालाले नेपालगञ्ज नाकाबाटभन्दा पनि बर्दियाको खुला सीमा नाका प्रयोग गरी मानव तस्कर गर्ने क्रम बढदो रहेको बताउनुभयो । यस्तै उहाँले सन् २०१८ मा बर्दियाबाट मात्रै १ सय १४ जना महिला तथा बालबालिका सम्पर्कविहीन भएको तथ्यांङ्क प्रस्तुत गर्नुभयाे ।

मानव तस्कर, अवैध चोरी निकासी, लागुऔषध लगायतका विकृतिविरुद्ध अभियान चलाएर प्रहरी सक्रियता बढाएको बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले बताउनुभयो ।


        

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया