बस र माेटरसाइकल ठाेक्किँदा २ जनाकाे ज्यान गयाे

 फागुन ११, २०७५ शनिबार १७:५८:९ | समुद्र पौडेल
unn.prixa.net

तनहुँ - पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास -२ घाँसीकुवामा शनिबार दिउँसो बस र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकलमा रहेका दुई जनाको ज्यान गएको छ ।

पोखराबाट सुनौलीतर्फ जाँदै गरेको ग १ ख ४७८० नम्बरको बस र डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना ३९ प ९५३८ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा ज्यान गुमाउनेमा पर्साका १६ वर्षीय सुरज परियार र गोरखा नपा १४ बस्ने माधव दरै रहेकाे जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक सिद्धि बिक्रम शाहले जानकारी दिनुभयाे ।

मोटरसाइकल चालक दरैको दमौली अस्पतालमा र परियारको मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । घटनास्थल सदरमुकाम दमौलीबाट ४ किमी पूर्वमा रहेको छ ।

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

समुद्र पौडेल

समुद्र पौडेल तनहुँका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया