कथित ‘बोक्सी’को आरोपमा कुटपिट

 फागुन १३, २०७५ सोमबार १७:२३:१० | अमर सुनार
unn.prixa.net

दैलेख – कथित ‘बोक्सी’को आरोपमा कुटपिट गरिएको भन्दै पीडित पक्षले सोमबार प्रहरीमा उजुरी गरेको छ । 

डुङ्गेश्वर गाउँपालिका–५, डाँडा पराजुलकी ५० वर्षीया देवीसरा जैसीलाई त्यसै ठाउँका ३६ वर्षीय नरबहादुर शाही र ३४ वर्षीया उनकी पत्नी सर्जन शाहीले आइतबार कथित ‘बोक्सी’को आरोपमा कुटपिट गरेको बताइएको छ । 

घरमा आफूहरु बिरामी परेको विषयलाई बोक्सी लागेको भन्दै बाटो मार्न खरानीको ढेगा, आगोको अगुल्टो ल्याई  देवीसराकै घर नजिक टपरीमा भाग छोडेपछि भएको विवादको बताइएको छ । शाही दम्पतीले देवीसरालाई कुटपिट गरेको पीडित पक्षको आरोप छ । 

पीडितको देब्रे आँखा, टाउको, छाति र ढाडमा भित्री शरीररमा चोट लागेकोले कर्णाली प्रदेश अस्पताल सुर्खेत पुर्‍याई उपचार थालिएको छ । पीडितको स्वास्थ्य खतरामुक्त रहेको स्वास्थ्यकर्मीले बताएका छन् । 

कथित बोक्सी आरोपमा प्रहरीमा उजुरी दर्ता भएको थाहा पाएपछि पीडक पक्ष फरार भएको छ । घटनाको अनुसन्धान र उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्जार्ज डीएसपी ठाकुरप्रसाद पोखरेलले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

अमर सुनार

दैलेखका उज्यालो सहकर्मी अमर सुनार मानवअधिकारको क्षेत्रमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया