यमनसँग फन्नी प्रश्न : घाम किन पश्चिमबाट नउदाएको होला ?

 फागुन १४, २०७५ मंगलबार १६:१९:२९ | मनोज दाहाल
unn.prixa.net

हास्यकलाकार यमन श्रेष्ठ यतिबेला चलचित्र ‘दालभात तरकारी’ मा व्यस्त छन् । लामो समय अमेरिका बसेर नेपाल फर्किएका उनीअहिले कलाकारिता क्षेत्रमा नै सक्रिय छन् ।

अमेरिकाबाट फर्किनासाथ उनी नेपली हास्य टेलिृश्रृंखला‘खासखुस’को लेखन तथा अभिनयमा सक्रिय भए । 

नेपाली हास्य टेलिश्रृंखला ‘खासखुस’ बन्द भएको केही समय भइसकेको छ । यमन यतिबेला अर्को हास्य टेलिश्रृंखला निर्माण गर्ने तयारीमा छन् । यमनलाई आउँदो हाँस्य टेलिश्रृंखलाको लागि शुभकामना । 

उनै हास्यकलाकार यमन श्रेष्ठसँग हामीले फन्नी गफ गरेका छौँ । 

घाम किन पश्चिमबाट नउदाएको होला ?

बिचरा पृथ्वी नै एकातिरबाट मात्र घुम्छ त्यही भएर हो । यदि घाम पश्चिमबाट उदाइदिएको भए हाम्रा नेपालका सबै राजनितिज्ञहरु अमेरिकातिर हुन्थे होलान् । अमेरिकाका राजनितिज्ञहरु चाहिँ यता जन्मिन्थे होलान्,अनि त्यो हुँदा हामी पनि अमेरिकन हुन्थ्यौ, छिट्टै हाम्रो देशको विकास हुन्थ्यो ।

तपाईँले एक हप्ताका लागि प्रधानमन्त्री बन्ने मौका पाउनु भयो भने ?

म एक हप्ताका लागि प्रधानमन्त्री बन्ने मौका पाएँ भने पहिला आफैलाई भइरहेका सामान्य समस्याहरु धुवाँधुलो, सडकका खाल्डाखुल्डी पुर्नेलगायतका कामलाई प्राथमिकता दिन्थे ।

बिहान उठ्दा लिङ्ग परिर्वतन भएर महिलाका रुपमा आफूलाई पाउनु भयो भने ?

म त सेन्टिफ्लाँट नै हुन्थेँ होला । ऐनामा हेरेर मज्जाले आउऽऽऽऽऽ......भनेर चिच्याउथेँ होला ।

दिनलाई रात र रातलाई दिन भनिएको भए ?

त्यो त हुँदैन थियो । बिचरा दिनलाई अन्याय भइहाल्थ्यो नि ! कहाँको सुन्दर दिन कहाँको कालो रात ।

तपाईँको नजरमा गायिका ज्योति मगर ?

मेरो नजरमा गायिका सबै एकै त हुन् नि । तर उहाँ  युट्यूबमा अलि धेरै चर्चा कमाएकी गायिका हुनुहुन्छ ।

छोरा मान्छे किन प्रेग्नेन्ट नभएका होलान् ?

बिचरा छोरा मान्छेमा पाठेघर नै हुँदैन त कहाँबाट प्रेग्नेन्ट हुनु र ?

नायिका स्वस्तिमा खड्काको फेसबुकको पासवर्ड थाहा पाउनु भयो भने ?

स्वस्तिमा खड्काको फेसबुकको पासवर्ड थाहा पाएँ भने उम.....यमन इज सो नाइस भनेर अफ्नै तारिफ गरेर स्टाटस हालिदिन्थेँ ।

जागिरका लागि जाँदा त्यस अफिसको हाकिम तपाईँको दुस्मन रहेछ भने ?

प्याउलो घस्दै हिही... नमस्ते गर्दै जान्थेँ र लाज पचाएरै भए पनि जागिर खान्थेँ । अब के गर्नु त बाध्यता परेपछि । 


 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मनोज दाहाल

मनाेज दाहाल कला तथा मनाेरञ्जन विधामा कलम चलाउनुहुन्छ ।

तपाईको प्रतिक्रिया